ब्रेकिङ न्युज

न्यायको माग चर्किएपछि सरकार वार्तामा, गणेश नेपाली प्रकरणले नयाँ मोड लियो

२६ असार, काठमाडौं ।  आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुका गणेश नेपालीको परिवारसँग सरकारले वार्ता थालेको छ। वीर अस्पतालमा जारी छलफलमा सरकारी टोली र मृतकका परिवारबीच घटनासम्बन्धी विषयमा संवाद भइरहेको छ।

त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका नेपालीको उपचारकै क्रममा शुक्रबार निधन भएको थियो। त्यसपछि परिवार र आफन्तले न्यायको माग गर्दै दिनभर प्रदर्शन गरेका थिए।

वार्तामा गृहमन्त्री सुधन गुरुङको सचिवालय, प्रधानमन्त्रीको सचिवालय, गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयका प्रतिनिधिहरू सहभागी छन्। मृतकको तर्फबाट उनका दाजुसहित परिवारका सदस्य वार्तामा बसेका छन्।

वार्ता जारी रहेकाले परिवारले हालसम्म गणेश नेपालीको शव जिम्मा लिएको छैन।