३० असार, काठमाडौं । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज (राजेश झा) जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका छन्।
काठमाडौं जिल्ला अदालतले सोमबार गरेको फैसलामा न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले अहिराजलाई उक्त मुद्दामा कसुरदार ठहर गरेको हो।
अदालतले दोषी ठहर गरे पनि तत्काल सजाय निर्धारण गरेको छैन। उनको सजाय तोक्न आगामी ३२ गतेका लागि छुट्टै पेसी तोकिएको छ।
अब अदालतले कानुनी प्रक्रिया पूरा गरेपछि दोषी ठहर भएका अहिराजलाई हुने सजाय निर्धारण गर्नेछ।





