३० असार, काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना ताेकिएकाे छ ।
गत साता जिल्ला अदालतले नेपालीहरूलाई भुटानी नक्कली शरणार्थी बनाएर लैजाने प्रकरणको फैसला गरेको थियो । जिल्ला अदालत काठमाडौंले आज सजाय निर्धारण गरेको हो ।
अदालतले पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा दोषी ठहर गरेको थियो ।
तर गत २३ असारमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी र कांग्रेस नेता तथा पूर्व गृहमन्त्री खाण यस प्रकरणमा दोषी ठहर भएका थिए ।
उनीहरूले राज्यविरुद्धको कसुर गरेको जिल्ला अदालत काठमाडौंले फैसला गरेको थियो। तर सजाय निर्धारण बाँकी थियो ।





