बैंकिङ

राष्ट्रिय वाणिज्य बैंक र कर्णाली प्रदेश अस्पतालबीच सम्झौता

३० असार, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र कर्णाली प्रदेश अस्पताल, वीरेन्द्रनगर सुर्खेतबीच कर्मचारी लक्षित बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले सम्झौता भएको छ ।

२०८३ असार २९ गते सोमबार भएको सम्झौताअनुसार अस्पतालका कर्मचारीका लागि तलबी बचत खाता तथा पेशाकर्मी सरल कर्जा सुविधा सञ्चालन गरिने भएको छ । साथै कर्मचारीले बैंकबाट अन्य विभिन्न बैंकिङ सेवा तथा सुविधासमेत सहुलियत दरमा प्राप्त गर्नेछन् ।

सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रतिनिधि र कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयअन्तर्गत रहेको प्रदेश अस्पतालका अधिकारीबीच हस्ताक्षर भएको हो ।

पूर्ण सरकारी स्वामित्वमा २०२२ साल माघ १० गते स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल देशभर बैंकिङ पहुँच विस्तार गर्दै आएको छ । बैंकले ७७ वटै जिल्लाका सदरमुकामसहित दुर्गम क्षेत्रसमेत समेट्ने गरी ३१६ शाखा कार्यालयमार्फत कर्जा, निक्षेप, एटीएम, मोबाइल बैंकिङलगायत आधुनिक डिजिटल बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।