३० असार,काठमाडौं । नेपाल सरकारका पूर्वसचिव डा जीवगर जोशीको आज निधन भएको छ । ७६ वर्षका उनी केही समयदेखि मुटुसम्बन्धी समस्याले पीडित थिए।
काठमाडौं महानगरपालिका–१३ ताहाचल निवासी जोशी नेपालका एक प्रमुख शहरी योजनाकार, दिगो विकासविद् तथा क्षेत्रीय योजनाकार थिए ।
शहरी विकास मन्त्रालयको सचिव एवं वातावरण मन्त्रालयको सहसचिवलगायतको जिम्मेवारी निभाएका डा जोशी पछिल्लोपटक पोखरा विश्वविद्यालयअन्तर्गतको स्कुल अफ इन्भाइरोन्मेन्टल म्यानेजमेन्टसँग आवद्ध थिए ।





