३० असार, काठमाडौं । सामसङ नेपालले नेपाली बजारमा नयाँ ग्यालेक्सी A27 5G स्मार्टफोन सार्वजनिक गरेको छ। कम्पनीका अनुसार फोनमा AI आधारित सुविधा, ६.७ इन्चको १२०Hz सुपर एमोलेड डिस्प्ले, Snapdragon 6 Gen 3 प्रोसेसर, ५०MP OIS क्यामेरा र ५,०००mAh ब्याट्री जस्ता विशेषता समावेश छन्।
यो स्मार्टफोन 6GB/128GB र 8GB/512GB भेरियन्टमा उपलब्ध हुनेछ। यसको मूल्य क्रमशः रु ५५,९९९ र रु ६९,९९९ तोकिएको छ।
सामसङले ग्राहकका लागि २४ महिनासम्मको शून्य डाउन पेमेन्ट EMI, पुरानो फोन साट्दा रु ८,००० सम्म एक्सचेन्ज बोनस तथा १२०GB एनसेल डाटा उपहारको अफर पनि ल्याएको जनाएको छ।





