ब्रेकिङ न्युज

फागुनदेखि चलेको आधा सिलिन्डर प्रणाली हट्यो, निगमले गर्‍यो नयाँ निर्णय

३० असार, काठमाडौं । नेपाल आयल निगमले बुधबारदेखि उपभोक्तालाई पुनः पूर्ण क्षमताको ग्यास सिलिन्डर उपलब्ध गराउने भएको छ। निगमले १४.२ केजी क्षमताको भरिएको सिलिन्डर बिक्री वितरण सुरु गर्ने निर्णय गरेको हो।

निगमले जारी गरेको सूचनाअनुसार अब देशभर पुरानै प्रणालीअनुसार १४.२ केजी ग्यास भरिएको सिलिन्डर बिक्री हुनेछ। यसको मूल्य २ हजार ६० रुपैयाँ तोकिएको छ।

यसअघि ग्यास अभाव व्यवस्थापनका लागि निगमले गत फागुन २९ गतेदेखि ७.१ केजी क्षमताको आधा सिलिन्डर मात्रै बिक्री गर्दै आएको थियो।

निगमका अनुसार ७.१ केजीका सिलिन्डर पूर्ण रूपमा प्रतिस्थापन नभएसम्म बजारमा आधा र पूरा दुवै क्षमताका सिलिन्डर बिक्री हुनेछन्।