पु.समाचार

राजदुतको भ्रष्टाचारको विरोध गर्दा आतंककारीको आरोपमा फसाएको शाहको आरोप

सुर्यखबर सँबाददाता,

असोज । आतंककारीको अभियोग लगाएर मलेसियाबाट नेपाल डिपोर्ट गरिएका एनआरएन मलेसियाका पूर्व अध्यक्ष महेन्द्रजंग शाहीले त्यहाँका राजदुत निरञ्जनमान सिंह बस्नेतले गरेको भ्रष्टाचार र अनियमितताको विरोध गर्दा आफूलाई गंभिर आरोप लगाएर डिपोर्ट गराएको दावी गरेका छन ।
सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उनले मलेसियामा बस्ने नेपालीहरुलाई नेपाल फिर्ता गर्नका लागि मलेसियाका लागि नेपाली राजदूत डा. निरन्जनमान सिंह बस्नेतले गैरकानुनी तवरबाट मलेसियाको कोप्रासी नामक गैरसरकारी संस्थालाई ठेक्का दिई दुतावासकै परिसरमा कार्यालयका लागि निःशुल्क ठाउँ उपलब्ध गराई सो संस्थालाई बुझाएको RM १२५० को रसिद दिने RM २१०० सम्म भुक्तानी लिई नेपाली नागरिकलाई ट्राभल्स डकुमेन्ट दिने निर्णयको विरोध गरेको लगायतका कारणले इवी साध्न गंभिर आरोपमा फसाउन खोजेको बताए ।
शाहीले भने,‘ राजदुतले कोप्रासी संस्थासँग मिलि भ्रष्टाचार जन्य कार्य गरेको भनी सोकोविरुद्धमा एनआरएनए मलेसियाको निवर्तमान महासचिव सुनिल चालिसेले रु. ३६ करोड घोटालासम्बन्धी मुद्दा सम्मानित सर्वोच्च अदालतमा दायर गरेकोमा सो मुद्दा फिर्ता गराउन दबाब दिएको र सो मुद्दा फिर्ता नभएको, नेपालबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिव र श्रम विभागको महानिर्देशकसहितको टोली मलेसिया आएको बखत सन् २०१६ जनवरीतिर राजदूतको उक्त क्रियाकलापको अनुसन्धान गर्न पहलमा तहाँ रहेको गैर सरकारी संस्थामार्फत रकम असुली गरिरहेकोमा सोको विरोध गरी गैरकानुनी रुपमा मलेसियामा रहेका नेपालीहरुलाई टिकट, सेवा शुल्क, जरिवाना, यातायात, विमासमेत गरी जम्मा १३२० रिंगेटमा घर फिर्ती गर्न सकिने समेत भनेको कारणले राजदूतले रिसइवी साँधी इन्द्रवीर महर्जन र दुर्गाप्रसाद खरेल नामका आफ्ना मानिस खडा गरी मलाई नभएको झुठा आरोपको निवेदन दिन लगाई सोही बहानामा नेपाली दूतावासले मलेसिया सरकार समक्ष पत्राचार गरी सोही पत्रको आधारमा मलेसिया प्रशासनले पक्राउ गरी १४ दिनसम्म हिरासतमा राखी अनुसन्धान गरी कुनै कसुर अपराधमा संलग्न रहेको नदेखिएता पनि मा मलेसिया सरकारले मलाई ५ वर्षसम्म मलेसिया प्रवेश गर्न रोक लगाई मेरो त्यहाँ रहेको सबै चलअचल सम्पत्ति रोक्का राखी भिसा समेत रद्द गरी नेपाल फर्काइ दिएको हो ।’
उनले मलेसियाबाट नेपाल अवतरण हुँदा त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा रहेका सुरक्षाकर्मी प्रहरीले पक्राउ गरी महानगरीय प्रहरी परिसर, काठमाडौं लगि कारबाही गर्ने क्रममा मेरो कुनै कसुर अपराध नभएकोले सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाई ११ दिनसम्म अनुसन्धानका लागि थुनामा राखी राजदूतले दाबी गरेअनुसारको अन्य कुनै कसुर तथा अपराधमा संलग्नता नदेखिएको कारण जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट रु. ४०००। धरौटीमा छोडिएको भन्दै राजदुतले नै विभिन्न पत्रपत्रिकामा आइएससँग संलग्न रहेको भन्ने झुठा आरोप फैलाएको आरोप लगाए ।
उनले राजदूत सिंह बस्नेतले गरेका गैरकानुनी हर्कतहरुका कारण मलेसियामा बसोबास गर्ने अन्य नेपाली नागरिकहरु समेत लुकिछिपी हिड्नुपर्ने र पीडादायी जीवनयापन गर्न बाध्य भएको बताउँदै ११४ जना विदेशीको नक्कली भिसा लगाएको जस्तो गम्भीर र तथ्यहिन आरोप लगाई आफ्नो पदको दुरुपयोग गरेको बताए ।
उनले भने,‘म जस्तो सिधा आफ्नो व्यापार व्यवसायमा संलग्न व्यक्तिलाई अनाहकमा राजदूत र राजदूतावासले गरेका गलत कार्यको विरोध गरेकै भरमा आइएसजस्तो आपाराधिक संगठनसँग आबद्धता रहेको भनी झुठा आरोप लगाउनु कतिसम्म न्यायसंगत हुन्छ त्यो पत्रकार मित्रहरुले नै खोजी गरि ममाथि लागेका आरोपहरुका सत्यतथ्य सार्वजनिक गरिदिनुहुनेछ भन्ने पूर्ण विश्वास लिएको छु ।’
शाहले आफू दोषी ठहरिएजस्तोसुकै सजायँ भोग्न तयार रहेको घोषणा गर्दै एक निर्दोष नेपालीलाई विनाकारण यति ठूलो आरोप लगाउने र फसाउने षडयन्त्र बुन्ने राजदूत डा. निरन्जनमानसिंह बस्नेत र उनका मतियारहरुलाई सरकारले तुरुन्त छानविन गरी कारबाही गर्नु पर्ने माग गरे ।