पु.समाचार

आज कुशे औंसी, बाबुको मुख हेर्ने दिन, गोकर्णेश्वर र बेत्रावतीमा भव्य मेला

काठमाण्डौ । भाद्र कृष्ण औंसीको दिन आफ्ना बाबुको मुख हेर्ने दिन । बिहीबार यो पर्व देशभर विशेष हर्षोल्लासका साथ मनाइदैछ । यो दिन सबैले आफ्ना बाबुलाई विशेष सम्मान र श्रद्धापूर्वक सम्झना गरेर मनाउने चलन छ ।

दिवङ्गत पितालाई तर्पण, सिदादान र श्राद्ध गरेर एवम् पिताप्रति आदर सम्मान साथ मीठो खान तथा राम्रो लगाउन दिई बाबुको मुख हेर्ने पर्व मनाउने चलन छ ।

दिवङ्गत पिताका नाममा उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वरमा गई तर्पण, सिदादान र श्राद्ध गरेमा पितृ ऋणबाट मुक्त भइने शास्त्रीय मान्यता रहेको बताइन्छ ।

गोकर्णेश्वर उत्तरगया, बेत्रावती उत्तरगयालगायत पवित्र स्थलमा गई पितृप्रति सम्मानका साथ श्राद्ध गर्दा घर, मामाघर र ससुराली तर्फका तीनरतीन पुस्ताका पितृले मोक्ष पाउने धार्मिक विश्वास छ । बिहीबार गोकर्णेश्वर र बेत्रावतीलगायत स्थानमा भव्य मेला लागेको छ । गोकर्णमा