पु.समाचार

चीनको राजदूतमा लीलामणि पौड्याल सिफारिस

काठमाडौँ– सरकारले दुई छिमेकी चीनका लागि राजदूत सिफारिस गरेको छ ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले चीनका लागि लीलामणि पौड्याललाई प्रस्ताव गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
पौड्याल नेपाल सरकारका पूर्व मुख्यसचिव हुन् । यसअघि पूर्ववर्ती सरकारले पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई चीनका लागि नेपाली राजदूतमा नियुक्त गर्न सिफारिस गरे पनि नयाँ सरकारले त्यसलाई रद्द गरेको थियो ।

चीनका राष्ट्रपति नेपाल भ्रमणमा आउने कुरा चलिरहेका बेला भएको राजदूत सिफारिसलाई महत्वपूर्ण मानिएको छ ।