पु.समाचार

राष्ट्रिय परिचयपत्र आउन अझै एक बर्ष

काठमाडौं । व्यक्तिको वैयक्तिक विवरण सहितको राष्ट्रिय परिचयपत्र सञ्चालनमा आउँन एक वर्ष लाग्ने भएको छ ।

राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका निर्देशक कृष्णचन्द्र पौडेलले राष्ट्रिय परिचयपत्र निर्माणका लागि बोलपत्र आहृवान गरी फ्रान्सको ‘सफरान आइडेन्टिटी एन्ड सेक्युरिटी कम्पनी’लार्इ छनोट गरिसकिएको जानकारी दिए । उनका अनुसार फ्रान्सेली कम्पनीले आफ्नो काम सुरु गरिसकेको छ ।

एसिया विकास बेंकले यो कार्यक्रमका लागि ८० लाख डलर अनुदान सहयोग दिएको छ ।

पौडेलले एक वर्षभित्र राष्ट्रिय परिचयपत्र प्रणाली स्थापना हुने र त्यसको ६ महिनाभित्र एक लाख १७हजार नेपालीलाई राष्ट्रिय परिचयपत्र वितरण गरिने जानकारी दिए । बिहीबारको गोरखापत्रले समाचार छापेको छ ।