पु.समाचार

जापानले खाद्यकार्यक्रम अन्तर्गत ६१ करोड सहयोग

सुर्यखबर सम्बाददाता,

काठमाडौं । जापान सरकारले नेपाल सरकारलाई ६१ करोड बराबर खाद्यकार्यक्रम अन्तर्गतबाट सहयोग गरेको जनाएकोछ ।

विभिन्न सातवटा परियोजना सञ्चालनका लागि जापानसरकारले उक्त रकम सहयोग गर्ने काठ्माण्डौस्थीत नेपालका लागी जापानी दुताबासले जनाएको छ ।

सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकको पाँचखालमा प्लान्ट निर्माण गर्न पाँच करोड, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दुई करोड तथा स्वास्थ्य क्षेत्र सुधार कार्यक्रममा तीन करोड प्रदान गर्ने जनाईएकोछ ।