समाचार

डा. गोबिन्द केसीले अनसन स्थगीत गरे

सुर्यखबर सँबाददाता,

काठ्माण्डौ । बाह्रदिनदेखि अनसन बसिरहेका प्रा.डा. गोबिन्द केसीले शुक्रबारबाट अनसन स्थगीत गरेका छन् । हिन्दुहरुको माहमान चाड बडा दशैंको अवशरमा नेपालीहरुलाई दशैंमा अन्य अर्थ लाग्न सक्ने भन्दै अनशन स्थगीत गरिएको बताएका छन् ।
अस्पताल सुधार र अख्तियार दुरुपयोग अनुसँधान आयोगका प्रमुख आयुक्त लोकमानसिँह कार्कीको नियुक्तका बिषयलाई लिएर नौ पटक अनसन बसेका केसीले दशैंपछि आफु पुनः उही माग लिएर अनसन बस्ने बताएका छन् । अस्पताल सुधारका माग पुरा गर्ने जनताले बिश्वास गरेका गगन थापा मन्त्री छन् भने लोकमान सिँह कार्की सरकारी बिदालिएर क्यानडातिर घुमघाममा ब्यस्त छन् ।