पु.समाचार

घोडेजात्रा पर्व हर्सोल्लासकासाथ सम्पन्न

भक्तपुर । बडादसैँको मध्यरातमा हुने ऐतिहासिक तथा सांस्कृतिक महत्वको सेता घोडाजात्रा गएराति सम्पन्न भएको छ । सेता घोडाजात्रा प्रत्येक वर्ष विजयादशमीका दिनको राति हुने गर्छ ।

विजयादशमीको राति तलेजु भवानीलाई तलेजुका चार मूल नाइके, आचाजु, जोशी, राजोपाध्यायबाट तान्त्रिक विधिअनुरुप कालरात्रि पूजा, टीका साइत पूजा गरी बिर्सजन पूजा सम्पन्न गरेपछि सेता घोडाजात्रा हुने परम्परा रहिआएको छ । जात्रा हुनु अघि सेतो घोडालाई एउटा भेडा बलि चढाइ सकेपछि घोडालाई भक्तपुर नगरमा डुलाइ घोडा जात्रा गर्ने प्रचलन रहेको छ ।
तलेजुको मूलचोकबाट सेतो घोडालाई बाहिर ल्याइसकेपछि भक्तपुर नगरको तल्लो दरबार क्षेत्रबाट भार्वाचो, वंशगोपाल, भुजीकोखा, नारायणचोक र माथिल्लो दरबार क्षेत्रबाट दत्तात्रय टौमढी हुँदै नारायणचोकसम्म घुमाइ जात्रा सम्पन्न गरिने गरिन्छ । जात्राको क्रममा दरबार क्षेत्रस्थित पशुपतिनाथलाई घोडानाच देखाउन तीनपटक दगुराउने पनि गरिन्छ । घोडालाई तलेजु भवानीका वाहनका रुपमा पुजिँदै आएको छ ।

त्यसैगरी बडादसैँको दशौँ दिन मध्यरातको समयमा मनाइने भक्तपुरको तलेजुमा पायःद्यो (खड्ग) जात्रा गएराति सम्पन्न भएको छ ।
तलेजु भवानीको साक्षात्त रुप मानिने पायःद्यो (खड्ग देवता )लाई रातो कपडाले बेरेर युद्ध कवच पहि¥याई जात्रा मनाइने गरिन्छ ।
बडादसैँको साझपख तलेजु आगम मन्दिरको ख“ कुथि कोठाबाट तान्त्रिक विधिपूर्वक पूजा गरिएका बलिपात्र र शस्त्र, अस्त्रसहित तलेजुको प्रतीरुप पाय द्यो तलेजुका मूल आचाजु, पुरोहितले राजोपाद्यायलाई खड्ग हस्तान्तरण गरेपछि जात्रा प्रारम्भ हुने गर्दछ । जात्राको क्रममा तलेजुमा सम्बद्ध राजोपाध्यायले पाय द्योलाई आफ्नो का“धमा बोकेर तलेजु मूलचोकबाट बेको चोक पुगेपछि सर्वसाधारणका लागि पूजा र दर्शन गर्न दिने परम्परा रहेको छ । रासस