समाचार

राजाअदुल्यादेजको निधनप्रति सामाजीक सँजालमा नेपालीको स्मरण, राजतन्त्र फर्किने आन्दोलनको शुरुवात !

सुर्यखबर बिश्लेषण,

काठ्माण्डौ । सँसारमा सबैभन्दा बढी ७० बर्ष शासन गरेका राजा भुमिबोल अदुल्यादेज को बिहीबार निधन भएको छ । १९४६ बाट २०१६ अक्टुबर १३ सम्म शासन गर्न सफल राजाको निधनले बिश्वभरीका मुलुक र जनताहरुले आ–आफ्नै तरीकाले समबेदना अर्पण गरिरहेका छन् । १८ बर्षको उमेरमा राजगद्दीमा बसेर ८८ बर्षको उमेरमा अदुल्यादेजको थाईल्याण्डको राजधानीस्थीत बैककमा अपरान्ह ३ बजेर ५२ मीनट जाँदा शिरिराज अस्पतालमा निधन भएको बिबिसीले जनाएको छ ।

नेपालमा राजतन्त्र गएर गणतन्त्र आएको दशक बितेपनि अदुल्यादेजप्रति सामाजीक सँजाल फेसबुक लगायतमा समाबेदना जनाउने बौद्धिक ब्यक्तीत्वहरुको भीड नै लागेको छ । यसैकाबीच पुर्ब प्रहरी अतिरिक्तमहानिरिक्षक नबराज ढकालले अंग्रजीमा यस्तो,  “His majesty king Bhumibol Adulyadej of Thailand passes away today at the age of 88.
Our deepest Condolences to the Royal family and people of Thailand. May your soul rest in peace!” लेखेका छन् ।

अर्का समाजसेवी बिप्लबमानसिँहले स्वर्गीय राजाको ठूलो तरुवीर नै राखेर यस्तो,  “हार्दिक श्रद्धांजली !
राजा जसले थाई जनताको हृदयमा राज गरे
र आज देहले विश्राम लिए ।
हार्दिक नमन !!!”

समबेदना अर्पण गरेका छन् । पत्रकार शुरेस आचार्यले समेत आफ्नो फेसबुकमा पटक पटक स्वर्गीय राजाको बिषयमा यस्तो,

Hearfelt condolence ! Late King is now a legend ! Great King who could turn around the fate of Thailand in a single generation!” समबेदना अर्पण गरेका छन् ।

नेपाली काँग्रेसको भातृसँगठन नेपाल बिद्यार्थी सँघका महामन्त्री सरोज थापाले रोयल फेमिलीका बिषयमा यस्तो,  “Thai King Bhumibol Adulyadej died today at the age of 88 who reigned the country for 70 years. I pray for departed soul rest on everlasting peace and also extend my deep condolence to thai royal family and Thai people.” समबेदना अर्पण गरेका छन् । यस्ता समबेदना अर्पण गर्नेहरुको भीड नै छ सामाजीक सँजालहरुमा ।

सामान्यतयाः समबेदना कसलाई अर्पण गरिन्छ त ?

१. नातेदार, आत्मिय मित्रहरु, सँस्थामा काम गर्ने सहकर्मी, मुलुकलाई योगदान गरेको बिशिष्ट ब्यक्ती, अन्तर्राष्ट्रिय रुपमा ख्याती कमाएको ब्यक्ती आदि ।
२.कुनै बिशेष ब्यक्ती वा सँस्था प्रति आत्मादेखि नै श्रद्धा भएर ।

नेपालीहरुका लागी थाईलेण्ड पछिल्लो समयमा घुमघाम र ब्यावशायी केन्द्र भएका कारण पनि हुन सक्छ कि थाईल्याण्डप्रति नेपालीहरुको मित्रता बढेको, त्यसैका कारण थाईल्याण्डका राजाको निधनको खबरले नेपालीहरु स्तब्ध भएका तर यतिमात्र नभएर नेपालीहरुमा राजतन्त्र प्रतिको मायाममताका कारण पनि थाई राजाप्रति समबेदना अर्पण गरेको भन्ने अनुमान लगाउन सकिन्छ ।
२ सय ४० बर्ष शासन गरेको शाहबंसीय राजतन्त्र र युगौं युदेखिको हिन्दू धर्मलाई नेपालीहरुले सहज रुपमा छाड्न नसक्ने अनुमान थाईल्याण्डका राजाको मृत्युमा बिश्वभरका रहेका नेपालीहरुले राजतन्त्रप्रति देखाएको चासोबाट लगाउन सकिन्छ ।

हाम्रो मुलुकमा बर्षदिन प्रधानमन्त्री हुँदा हाम्रा नेताहरु भुंईफुट्टा भएको बर्तमान अवस्था नेपालीहरुले देखिरहेहका नै छन् । मुलुकमा गणतन्त्र ल्याएपछि के के न गर्छौं भन्नेहरुले अदुरदर्शी निर्णय र दीर्घकालीन सोच नभएका कारण बिस्तारै असफल हुने दीशा तर्फ अगाडी बढेको समेत नेपाली जनताले देखिरहेका छन् ।
शाहबंसमा कुनै बिध्वंसकारी राजा निस्केपनि झण्डै अढाई सताब्दीको समयमा मुलुक र जनताका लागी काम गरेका राजाको ईतिहासका बारेमा समेत नेपाली जनताले २१ औं शताब्दीमा पढेका होलान् । नेपाली जनताको थाई राजप्रतिको चासो अझै ब्यापक बन्यो भने मुलुकमा अर्को दुर्घटना निम्तिन सक्छ । यसैलाई मध्यनजर गर्दै बर्तमान राजनीतिक दलका जीम्मेवार नेता ज्यूहरुले यस तर्फ ध्यान दिदै मुलुकलाई सही दीशा दिने तर्फ लाग्न यसलाई अभिप्रेरणाको रुपमा लिनुपर्ने देखिन्छ ।