राजनीति

लोकमानसिँह कार्कीको पक्षमा खुमबहादुर, संबिधानमा हिन्दू धर्म नराखे आन्दोलन गर्ने चेतावनी

सुर्यखबर सँबाददाता, 
काठ्माण्डौ । नेपाली काँग्रेसका प्रभाबशाली नेता खुमबहादुर खड्काले अख्तियार प्रमुख लोकमानसिँह कार्कीलाई महाअभियोग लगाउने प्रपञ्च गलत भएको बताएका छन् । एमाले र माओबादीको षढ्यन्त्रमा लोकमानलाई हटाउन खोजिएको  कारणले काँग्रेसले महाअभियोगको बिपक्षमा उभिनुपर्ने बिचार ब्यक्त गरेका छन् ।
माहाअभियोग आईएनजीओ, एनजीओ र पश्चिमा मुलुकको दबाबमा आएको दाबी गर्दै लोकमानलाई हटाउने र नहटाउने जीम्मा सर्बोच्च अदालतलाई दिनुपर्ने बिचार ब्यक्त गरेका छन् ।

आक्रमक शैलीमा सोमबारको काँग्रेस केन्द्रीय समितिमा प्रश्तुत भएका खड्काले लोकमानको मुद्धा सर्बोच्च अदालतमा बिचाराधिन भएकोले यसबिषयमा सर्बोच्च अदालतलाई नै छाडिदिनुपर्ने बिचार ब्यक्त गरेका छन् ।
एमाले र माओबादीका नेताहरुले आफूहरु फस्ने डरले महाअभियोग लगाएको बताएका छन् । काँग्रेसका नेताहरु हिजो फस्दा केहि नहुने आज एमाले माओबादीका नेताहरु फस्न लाग्दा लोकमानको बिपक्षमा महाअभियोग प्रस्ताबमा सहमत गर्नुपर्ने ? भन्दै प्रश्न गरेका छन् ।

नेता खड्का काँग्रेसले कुनै हालतमा लोकमान सिँह कार्कीलाई माहाअभियोग लगाउनुपर्ने पक्षमा उभिनु नहुने कडा बिचार राखेर  बाहिरिएका थिए ।

बैठकमा पूर्ब गृहमन्त्री समेत रहेका खड्काले हिन्दु धर्मलाई सँबिधानमा नराखे आफू नेतृत्व गरेर आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् ।