राजनीति

 बरिष्ठ नेता पौडेल र जाइकाका अध्यक्ष डा सिनिची बीच भेटवार्ता

काठमाडौं । जापान सरकारको निमन्त्रणमा एकसाता लामो जापान भ्रमणमा जानुभएको नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र जापानको अन्तराष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्ष डा सिनिची किटाओका बीचमा भेटवार्ता भएको छ ।
भेटमा दुई देशबीचको सम्बन्ध तथा विकासका बारेमा छलफल भएको बताइएको छ । बिषेश गरि भुकम्पपछिको पुर्ननिर्माणका बिषयमा जाइकाका अध्यक्ष डा सिनिचीसंग कुराकानी भएको पौडेलका सहयोगी चिरन्जीवी अधिकारीले जानकारी दिएका छन् । जाइका अध्यक्ष सिनिचिले पुर्ननिर्माणको अवस्थाका बारेमा चासो व्यक्त गरेका थिए ।
यसका साथै सप्तगण्डकी जलबिद्युत आयोजना, बुढीगण्डकी आयोजना नागढुंगा सडकमा बन्न लागेको टनेलका बारेमा पनि कुराकानी भएको थियो । बरिष्ठ नेता पौडेलसंगको भेटमा जाइका अध्यक्षले नेपालको संविधान कार्यान्वयनको अवस्थाका बारेमा चासो राख्दै राजनीतिक स्थीरता भई विकास र लागनीका लागि वातावरण निर्माणमा सुझाव दिएको बताए ।
पौडेलका सहयोगी अधिकारीका अनुसार तनहुँमा बन्न लागेको जीपी कोइराला स्वासप्रश्वास केन्द्रको निर्माणका बारेमा तथा तनहुँमा नै निर्माण हुन जलबिद्युत आयोजनामा लगानीका बारेमा पनि कुराकानी भएको थियो ।
बरिष्ठ नेता पौडेलले भुकम्पपछि जापान सरकार र जाइकाले पु¥याएको सहयोग प्रति आभार व्यक्त गर्दै भविश्यमा समेत सहयोगको नेपालले अपेक्षा राखेको जानकारी जाइका अध्यक्षलाई गराउनुभएको थियो । भेटमा पौडलका साथमा साँसद राजन केसी कार्यबहाक राजदुत कृष्णचन्द्र अर्यालको सहभागिता रहेको थियो । त्यसैगरि भेटमा जाइकाका दक्षिण एशिया बिभागका प्रमुख अर्याइ तोरुको पनि सहभागिता थियो ।