समाचार

एकाबिहानैको  शक्तीशाली भूकम्पका कारण २० को मृत्यु

सुर्यखबर सम्बाददाता,
काठमाण्डौ । ईन्डोनेशियामा शक्तिीशाली भूकम्प गएको छ । उक्त भूकम्पका कारण हालसम्म २० भन्दा बढिको ज्यान गएको बताईएकोे छ । आचे प्रान्तमा गएको भूकम्पमा मृतकको संख्या बढ्ने अनुमान अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
बिहान ५ बजेर ३ मिनेटमा गए गएको ६ दशमलब ४ रेक्टर स्केलको
भूकम्पले सयौ घरहरु भत्किएका छन् । असंख्य घाईतेहरुलाई अस्पताल गगिएका दृष्यहरु टेलिभिजनहरुमा आईरहेका छन् ।

ईन्डोनेसियामा पहिले २००४ मा ९ दशमलब २ रेक्टरको भूकम्पका कारण लाखौं मानिसहरुको ज्यान गएको थियो
, अरबौंको क्षती भएको थियो । मानिसहरु रुदै सडमा भौतारिरहेको आमानबिय दृष्यहरु देखिन्थ्यो ।
उक्त समयमा सुनामीका कारण बढि क्षती भएके थियो, हाल भने ईन्डोनेशियाको लभूकम्पका कारण सुनामी आउने सम्भाबना नरहेको त्यहाँको भूकम्पमापन केन्द्रले जनाएको छ ।