मनोरञ्जन

मिराको ‘गुरुङकी छोरी’ बजारमा

सुर्यखबर संबाददाता

काठमाण्डौ । पछील्लो समय नेपाली नायिकाहरु गायनमा पनि सकृय हुन थालेका छन् । यही क्रममा गुरुङ चलचित्रकी नायिका मिरा गुरुङ अब गायिकामा पनि फड्को मारेकी छिन् । आधा दर्जन गुरुङ चलचित्रकी नायिका तथा अमेरिकन नेपाली कलाकार संघको भाईस प्रेसीडिण्ट समेत रहेकी मिरा गुरुङ ‘गुरुङ कि छोरी’ गीत मार्फत गायनमा प्रबेश गरेकी हुन् ।
गुरुङ चलचित्रको उत्कृष्ट नायिकाको अवार्ड समेत हात पारीसकेकी मिराले यस् गीतमा लोक र गुरुङ भाषा फ्युजन गरेकी छिन् । झन्डै १ दर्जन भन्दा बढी म्युजिक भिडियोमा समेत अभिनय गरिसकेकी नायिका तथा गायिका मिरा गुरुङको यस् म्युजिक भिडियोमा गुरुङ कल्चर र लोक परिबेशलाई देखाउन खोजिएको छ ।

भिडियोलाई पोखराको बिभिन्न रमणिय स्थानहरुमा छाँयांकन गरिएको हो । मिन बहादुर तामाङको रचना , सन्तोष प्रगाढको संगीतमा, राकेश ओली तथा नरेन्द्र बियोगीको एरेन्ज तथा मिक्सिङ रहेको यस् गीतको म्युजिक भिडियोमा गुरुङ चलचित्रमा आफ्नो स्थान जमाईसकेका नायक सुनिल गुरुङलाई पनि देख्न सकिनेछ ।
पोखरामै एक दसक भन्दा धेरै समय देखी डान्स कोरियोग्राफी गराईरहेका कोरियोग्राफर शुवाश राइले यस भिडियोमा कोरियोग्राफि सम्हालेका छन् ।