सुर्यखबर
काठमाडौं । प्रेस काउन्सिल अफ बंगलादेशको निमन्त्रणामा त्यसतर्फ गएको प्रेस काउन्सिल नेपालको प्रतिनिधिमण्डललाई भव्य स्वागत गरिएको छ ।
मंगलबार प्रेस काउन्सिल अफ बंगलादेशका अध्यक्ष मोहम्मद ममताजुद्धिन अहमदले फूल, पुष्पगुच्छाले भ्रमणटोलीको स्वागत गर्नुभएको थियो भने बुधबार विशेष भोजको आयोजना गरिएको प्रशकाउन्सीलले जनाएको छ ।
उक्त अवशरमा अवसरमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णवहादुर कार्कीले निस्वार्थ भावनाले दुईदेशबीच द्विपक्षीय सहकार्य गर्दै प्रगाढ सम्वन्ध विस्तार गर्न सार्कस्तरीय प्रेस काउन्सिलको यथासक्य गठन गरिने प्रक्रियामा सघाउन आग्रह गर्नुभएको थियो । त्यसैगरी भुपरिवेष्ठित देश नेपाललाई बन्दरगाह सुविधा प्रदान गरेकोमा वंगलादेश सरकारलाई धन्यवाद प्रकट गरेका थिए ।
५ दिने भ्रमणमा रहेको प्रतिनिधिमण्डलमा नेपाल पत्रकार महासंघका अध्यक्ष डा। महेन्द्र विष्ट, सदस्यद्वय किशोर श्रेष्ठ, गोविन्दप्रसाद चौंलागाई, काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालको सहभागिता रहेको छ ।