राजनीति

न्यायपालीका, कार्यपालीका र ब्यावस्थापीका अराजक भएका कारण मुलुक दुर्घटनाको संघारमा – डा.कोईराला

सुर्यखबर सम्बाददाता,
बाग्लुगं। नेपाली काँग्रेसका प्रभाबशाली नेता डा. शेखर कोईरालाले बर्तमान अवस्थामा राज्यको तिनवटै अंग अराजक ढंगले अगाडी बढिरहेकोले मुलुक दुर्घट्नाको संघारमा पुगेको बताएका छन्।

 कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका सबै अंगहरुले ठीकसंग काम नगरेका कारण जनताले दुःख पाउनुपरेको दुखेसो पोखेका छन् । संसददेखी सर्वोच्च अदालत सम्मका निकायले आफ्नो अधिकार क्षेत्र मिच्दै जिम्मेवारी भएर काम गर्न नसकेको बताउँदै डा कोईरालाले देश अहिले ईतिहाँसकै सबैभन्दा जटिल मोडमा पूगेको बिश्लेशण गरेका थिए।

बर्तमान  सरकारको मुख्य सहयात्री दल रहेको नेपाली काँग्रेसका नेता भएपनि अहिले सरकार नै कानूनी राज्यको उपहास गर्न लागी परेको बताउँदै डा. कोईरालाले सरकारको आलोचना गरेका थिए । कोईरालाले देशको प्रधानमन्त्री र मन्त्रीहरूले नै दण्डहिनतालाई मलजल गरिरहेको आरोप समेत लगाएका छन्।

नेपाली काँग्रेस  क्षेत्र नं १, बाग्लुगंले मा आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई संबोधन गर्दै डा कोईरालाले केन्द्रमा बसेर गुटबन्दी गर्नेहरूका पछाडी नलाग्न कार्यकर्तालाई आग्रह गर्दै डा. कोईरालाले भने स्वार्थकोझुण्डमा बसेर भागबण्डा र गूटबन्दीमा रमाउँने नेताहरूले नै केही पाईरहेको छैन भने तपाईँहरूलाई उनीहरुले के दिन्छन् र ? भन्दै प्रश्न गरेका थिए । त्यसपछि किन तपाईँहरू गूटको राजनीतिको पछि लागिरहनु भएको छ ?

उक्त कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरू रत्ना शेरचन, गोबिन्द भट्टराई, गुरूराज घिमिरे, सांसदहरू प्रकाश पौडेल, चम्पादेबी खड्का, बाग्लुगं काँग्रेसका सभापती दिपेन्द्र थापा, पूर्व-सांसदहरू गोबिन्द शर्मा कँडेल, टंक शर्मा कँडेल लगायतले आफ्नो धारणा राखेका थिए ।