राजनीति

कुनैपनि हालतमा निर्बाचन गर्नुपर्छ – बरिष्ठ नेता पौडेल

सुर्यखबर सम्बाददाता,

काठमाण्डौ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले तराईका जनताको भाबना बुझेर सबैको सहमतिमा अवश्यक परे पुरानै संरचनामा स्थानिय निकायको निर्बाचन गर्नुपर्ने बताएका छन् ।

शनिबार राजनीतिक कार्यक्रममा भाग लिन बिराटनगर आएका नेता पौडेलले संबिधान निर्माणमा भूमिका खेलेका प्रमुख राजनीतिक दलहरु र मधेसी मोर्चाबीच प्याकेजमा सहमती गरि मुलुकको बर्तमान समस्या हल गर्नुपर्ने बिचार ब्यक्त गरेका छन् ।

बरिष्ठ नेता पौडेलले भने रोल्पा प्युंठान लगायत पाँच नंम्बर प्रदेशका जनता समेत संबिधान संसोधन प्रति रुष्ट भएका कारण उनीहरुलाई चित्त नशुझाई संबिधान संसोधन गर्न नहुने बिचार ब्यक्त गरेका छन् ।
राज्य पुनसंरचना र तराईका ८ जिल्लाको प्रतिबेदन आएपछि मात्र निर्णय लिन सुझाब दिदै जनतालाई राहत हुने कार्यक्रम ल्याउन सरकारलाई आग्रह समेत गरेका छन् ।