सुर्यखबर सम्बाददाता,
काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान सिँह कार्कीलाई सर्बोच्च अदालत परिसरमा कालोमोसो दलिएको छ । बिहीबार अयोग्यता सम्मन्धी मुद्धाको बहस हुने क्रममा उनलाई कालोमोसो दलिएको छ ।
सर्बोच्च अदालतमा कोलोमोसो दलेर माओबादी जिन्दाबाद भन्दै एक ब्यक्त हिँडेको देखिएको थियो । माओबादी जिन्दाबादको नारा लगाउदै हिँडेपछि माओबादी नेत्रबिक्रम चन्दका कार्यकर्ताले कालोमोसो दलेको हुनसक्र्ने कजना राजनीतिक बिलेशकले सुर्यखबरलाई बताए ।
कालोमोसो दल्ने ब्यक्ती २५ बर्षजतिका युवकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिहेको संचारमाद्यमहरुमा जनाईएको छ ।