पु.समाचार

लोकमानले संबेदलशील हुँदै भने ‘मलाई कालोमोसो दल्नेलाई छाडिदिनुस’

सुर्यखबर संबाददाता,
काठ्माण्डौ । अख्तियार दुरुपयोग अनुसंधान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिँह कार्कीलाई कालो मोसो दल्ने नेकपा माओबादी केन्द्रका दुई बिद्यार्थि नेताहरुलाई अदालतले ७ दिन थुनामा राख्न आदेश दिएको केहि बेर पछि नै निलम्बित आयुक्त कार्कीले छाडिदिन आग्रह गरेका छन् ।

कार्की आफूलाई तेजबोध गराउने उद्येश्यले कालोमोसो दल्ने प्रयास गरेको उल्लेख गर्दै उनीहरुलाई अरु कसैले योजनाबद्ध रुपमा प्रयोग गरेको हुंदा उनीहरुलाई थुनामा नराख्न नेपाल प्रहरीलाई आग्रह गरेका छन् ।

पक्राउ परेकाहरु अबोध कारिन्दा भएको भन्दै ‘वास्तविक अपराधी पर्दा पछाडि भएको र केही महिनायता मेराविरुद्ध विभिन्न प्रकारले षड्यन्त्रमुलक योजना बनाउनेहरु कानुन र प्रहरीको नियन्त्रणमा आउने स्थिति तत्काल नदेखिएको हुँदा ती अवोध कारिन्दालाई कुनै कारबाही नगरी रिहा गरिदिन म सुरक्षा निकायलाई अनुरोध गर्छु ।’ निलम्बित प्रमुख आयुक्त कार्कीको कथन छ ।

बिहीबार सर्बोच्च अदालतको आँगनबाट कार्कीलाई कालोमोसो दलेको अभियोगमा माओबादी चन्द पक्षका दुई बिद्यार्थि केन्द्रीय नेता पक्राउपरेका थिए ।