अन्तर्राष्ट्रिय

पृथ्वीको उत्तरी ध्रुबको तापक्रम ह्वात्तै बढ्यो, वैज्ञानिकले गरे अब यस्तो आशंका !

एजेन्सी– पृथ्वीको उत्तरी ध्रुबको तापक्रम ह्वात्तै बढेको छ । क्रिसमसको पूर्वसन्ध्यामा उत्तरी ध्रुबको तापक्रम बीस डिग्रीले बढेर गएको त्यहाँ उष्णलहर पैदा हुनसक्ने आशंका वैज्ञानिकहरुले गरेका छन् ।  जलवायू बैज्ञानिकहरुले उत्तरी ध्रुब आसपासका क्षेत्रहरुको बेमौसमी तातो हावापानी मानवले गरेको जलवायू परिवर्तनसँग प्रत्यक्ष जोडिएको बताएका छन्।

 तापक्रमको यो बृद्धिले उत्तरी ध्रुबमा अत्याधिक हिउँ पग्लिने र समुद्रहरुको बीचमा रहने टापु राष्ट्रहरुलाई अत्याधिक खतरा हुनसक्ने वैज्ञानिकहरुको आशंका छ ।

आर्कटिक क्षेत्र भनिने उत्तरी ध्रुब आसपासका क्षेत्रको तापक्रम गत नोभेम्बर र डीसेम्बर महिनाभरी औसतभन्दा पाँच डिग्रीले बढी थियो। जाडोयाम शुरु हुनु अघिको ग्रीष्मकालमा उत्तरी ध्रुबको समुन्द्रको बरफ अहिलेसम्मकै दोश्रो कम मात्रामा देखिएको स्याटलाइटले रेकर्ड गरेको बीबीसीले जनाएको छ ।