राजनीति

केपी ओलीले गरे प्रचण्डमाथि कडा प्रहार !

काठमाण्डौ । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालप्रति तिखो व्यंग्य गरेका छन् । मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले सरकारले गरेका पछिल्ला कामहरुबारे टिप्पणी गर्दै तिखो व्यंग्य गरेका हुन् ।

अध्यक्ष ओलीले प्रचण्ड नेतृत्वको सरकारले गुरिल्ला ट्रेल खोल्नु र २/४ दिन बसेका घरमा संग्रहालय बनाउनु बाहेक अरु काम गर्न नसकेको भन्दै प्रचण्डप्रति तिखो ब्यंग्य छेडेका थिए । उनले सरकारको ५ महिनाको अवधि त्यसै खेर गएको बताउँदै प्रचण्ड आफु सुतेका घर कोठालाई संग्राहलय घोषणा गर्दै हिडेको आरोप समेत लगाए ।

‘अघिल्लो लोकप्रिय सरकारलाई विस्थापित गरेर आएको सरकार भएकोले पनि केही गर्छ कि जस्तो लागेको थियो तर केही गरेन,नबुझिएको कुरा नि’ ओलीले आश्चर्य प्रकट गर्दै भने । उनले सरकारलाई तत्काल निर्वाचनको मिति घोषणा गरेर जान समेत आग्रह गरेका थिए ।