राजनीति

प्रचण्डले सुरु गरे अब यस्तो तयारी, कांग्रेसले अब के गर्ला ?

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यमान राजनीतिक गतिरोध अन्त गर्न नयाँ प्रस्ताव अघि सारेका छन्  । प्रधानमन्त्री दाहालले आफ्नै नेतृत्वको सरकारले तीनवटै निर्वाचन गर्ने सर्तमा सबै दलहरु राजी भए आफु संशोधन प्रस्ताव स्थगित गर्ने तयारीमा रहेको संकेत दिएका हुन् ।

सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेसले स्थानीय निकायको निर्वाचनको घोषणा पछि मात्र संशोधन प्रस्तावलाई अघि बढाउन सक्ने नयाँ प्रस्ताव राखे लगत्तै प्रचण्डले सो प्रस्तावको इन्काउण्टर गर्दै नयाँ प्रस्ताव अघि सारेको बालुवाटार श्रोतले जनाएको छ ।

प्रधानमन्त्री दाहालले अब हुने तीनवटै निर्वाचन आफ्नो नेतृत्वमा गर्न सबै दलहरु सहमतिमा आए तत्काल संशोधन दर्ताको प्रस्तावलाई स्थगित गर्ने तयारी गरेको उनी निकट नेताहरुले समेत जनाएका छन् । कांग्रेसले राखेको प्रस्तावलाई इन्काउन्टर गर्दै एमालेसँग उनले त्यसबारेमा छलफल चलाउन लागेको समेत श्रोतले बताएको छ ।