काठमाडौं । पूर्वमन्त्री जयप्रकाश प्रसाद गुप्ताले भ्रष्टाचारको मुद्दामा आफूले सफाइ पाउनुपर्ने भन्दै सर्वोच्चमा गर्नुभएको अपिल खारेज भएको छ । उनको मागलाइ सर्वोच्च अदालतले अस्वीकार गरेको हो ।
सर्वोच्च अदालतका तत्कालिन न्यायाधिसहरु सुशीला कार्की, तर्कराज भट्टको संयुक्त इजलासले पूर्वमन्त्री गुप्ताले पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको ठहर गरेको थियो ।
शुक्रबारको नेपाल समाचारपत्रमा लेखिएको छ, यसभन्दा पहिले विशेष अदालतले गुप्तालाई सफाइ दिएको थियो । सो सफाइविरुद्ध सरकारले पुनरावेदन गरेकोमा सर्वोच्च अदालतले गुप्ताले पदको दुरुपयोग गरी ८४ लाखभन्दा बढी रकम भ्रष्टाचार गरेको ठहर गरेको छ ।