राजनीति

केपी ओलीलाई गाँजा खाएको आरोप !

बाग्लुङ । नेपाली कांग्रेसका शभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली आफैंले सहीछाप गरेको प्रस्तावको विरोधमा उत्रिएको आरोप लगाएका छन् ।
विगतमा ओलीकै सहमतिमा बनेको सात प्रदेशको खाकाअनुसार अहिले सरकारले संविधान संशोधन प्रस्ताव ल्याएको दावी गर्दै देउवाले अहिले आएर एमाले त्यसको विरोधमा उत्रिनुको कुनै तुक नभएको बताए ।

आइतबारको नागरिकमा लेखिएको छ, बाग्लुङमा भएको कार्यक्रममा देउवाले ओलीलाई प्रश्न गरे हिजो मिलेर ल्याएको प्रस्ताव आज कसरी राष्ट्रघाती भयो ? के त्यतिबेला प्रस्तावमा सहीछाप लगाउँदा ओलीले गाँजा खाएका थिए ?