राजनीति

गणेशमानसिंहले राजा वीरेन्द्रलाई सिधै हप्काएपछि यसरी बदलिएको थियो दरबारको एउटा संस्कृति !

काठमाण्डौ । नेपालमा केही वर्ष पहिलेसम्म राजदरबार र त्यो परिवारसँग जोडिएका राजामहाराजाहरु र उनका सदस्यहरुले जनतामाथि प्रत्यक्ष–अप्रत्यक्ष शासन गरेको कुरा कुनै नौलो कुरा होइन । दरबारका प्रायःसबै सदस्यहरुले जनतालाई आफ्ना रैती ठानेर अति तल्लो स्तरका व्यवहार समेत गरेका थुप्रै अध्यायहरु इतिहासमा उल्लेख गरेको पाइन्छ ।

त्यसैले उनीहरुको व्यवहार जनताले संघर्ष गरेर प्राप्त गरेको प्रजातन्त्रपछिका कालखण्डहरुमा समेत उस्तै–उस्तै रहेका उदाहरणहरु प्रशस्तै भेटिन्छन् । त्यतिमात्र होइन प्रजातान्त्रिक संघर्षको क्रममा स्थापित भएर आएका जननेताहरुलाई समेत दरबारले हेपेर बोल्ने गर्दथ्यो । दरबारमा भेट्न गएका नेताहरुलाई राजाहरुले ‘तिमी’ भनेर सम्बोधन गर्दथे ।

राजा त्रिभुवनभन्दा अघिका राजा र पछिका महेन्द्र, वीरेन्द्र, ज्ञानेन्द्रले समेत प्राय नेताहरुलाई तिमीनै भनेर सम्बोधन गर्दथे, तर वीरेन्द्रको पालामा एउटा घट्ना घट्यो । नेपाली कांग्रेसका नेता गणेशमानसिंह दरबारमा राजालाई भेटन् गएको बेला उनलाई राजाले तिमी भनेर सम्बोधन गरेछन् । यो कुरा पहिलेदेखिनै सिंहलाई मन परेको थिएन ।

एकदिन दरबार गएको बेला राजा वीरेन्द्रलाई उल्टै गणेशमानले आफु पनि सुध्रिनुपर्यो महाराज हजुरले गरेको सम्बोधन अलि मिलेन कि भनेर ठाडै प्रतिवाद गरेका थिए । त्यही दिनदेखि राजा वीरेन्द्रले अन्य नेताहरुलाई ‘तँपाई’ भनेर सम्बोधन गरेका थिए । पछि ज्ञानेन्द्रको शासनकालमा(उनका वरिपरिका नेताहरुबाहेक) उनले पनि प्राय नेताहरलाई तपाइँनै भनेर सम्बोधन गर्न बाध्य भए ।

नेता गणेशमानसिंहले तत्कालीन राजा वीरेन्द्रलाई सम्झाएको दिनदेखि २०४६ सालपछि मदन भण्डारी, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, किशुनजी लगायतका नेताहरुले अपमानित हुनुपरेन । यही प्रसंगलाई संकेत गर्दै वरिष्ठ पत्रकार किशोर श्रेष्ठले भर्खरै एउटा फेसबुक स्टाटस् समेत लेखेका छन् । दरबारलाई एउटा नयाँ संस्कृतितर्फ डोर्याउन सफल सर्वमान्य नेता गणेशमानसिंहसँग उनकै निवासमा भएको भेटघाटको स्मरण गर्दै पत्रकार श्रेष्ठले लेखेका छन्ः

‘एकदिन चाक्सिबारीस्थित आफ्नो घरैमा बोलाएर गणेशमानजीले सुनाउनुभयो राजा बीरेन्द्रले बहुदल आएपछि पनि आफूहरुलाई हेपेर तिमी संवोधन गर्न खोज्दा, सरकार, परिस्थिति अब पहिलेजस्तो रहेन । समय फेरियो, आफू पनि फेरिनुपर्यो भन्दै तपाइँ शब्द प्रयोग गर्न लगाएको प्रसंग । त्यो कुनै एउटा राजाले बर्षौंदेखि तँ को दर्जा दिँदै आएको एउटा अमुक नेतासँग गरिएको व्यवहार मात्र थिएन । पछि त मदन भण्डारी,गिरिजाप्रसाद कोइराला,मनमोहन अधिकारी,किशुनजीलगायत सबैले तपाइँ भनेर संवोधित हुन पाउनुभयो । बन्दुकको बल हैन,राजा वीरेन्द्रलाई ब्रिध्द नेताको भद्र सल्लाहको उपज थियो त्यो । उहाँका कुरा सुन्दा कहिले छक्क पर्ने,कहिले आँग सिरिंग हुने,कहिले मज्जैले हाँस्ने पालो थियो मेरो ।’