राजनीति

डा.शशांकले भने, ‘संबिधान संसोधनमा पुनःबिचार गरौं’

रबिन न्यौपाने

काठमाण्डौ । ९० प्रतिशत भन्दा बढी सभासदले सहमति जनाएर पारित गरेको सबिंधान को संशोधन प्रस्ताबबारेमा पुनः एक पटक सोच्नपर्ने बिचार नेपाली काँग्रेसका महामन्त्री डा. सशाङ्क कोइरालाले व्यक्त गरेका छन् ।

आफनै चुनाबी क्षेत्र नवलपरासीको गैंडाकोट नगरपालिको तेसो नगरपरिषद्को उद्धाटनमा जनताको सबिंधान माथिको भावनामा खेलवाड गर्न नहुने बताउदै मुलुकमा राजनीतिक स्थिरताका लागि वार्ता नै समस्याको समाधान भएको बताए ।

सबै तहको निवार्चन गराएमात्र संबिधान कार्यन्वन हुने हुदा सबै दल त्यसमा केन्द्रित हुनुपर्ने उक्त कार्यक्रममा डा. कोईरालाले बताए । गैंडाकोटदेखि कोटथर बुलिङ्घटार हुँदै दलदले निस्कने चक्रपथ र गैँडाकोट नगरभित्रको चक्रपथ निर्माणको योजनामा ध्यान दिईरहेको कार्यकर्ताहरुलाई जानकारी दिदै आफूले बिपी कोईरालाका नाममा अन्तराष्ट्रिय खेलमैदान बनाउने योजना बनाएको जानकारी गराएका छन् ।

धर्मनिरपेक्षको बिपक्षमा बोल्दै आएका काँग्रेस महामन्त्री डा. शशांक कोईरालाले संबिधान संसोधनमा पुनःबिचार गर्न आग्रह गर्नु राजनीतिक बृतमा अर्थपूर्ण रहेको बिश्लेशकहरुले बताएका छन् । त्यसो त काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवा र उप-प्रधान एबम् गृहमन्त्री समेत रहेका भारतले बिश्वास गरेका नेता बिमलेन्द्र निधिले कुनैपनि हालतमा संबिधान संसोधन गर्ने बताईरहेका छन् ।