राजनीति

यस्तै हो भने संबिधान संसोधन त के, अझै महिना दिन संसद बैठक बस्दैन

सुर्यखबर सम्बाददाता,
काठमाडौं । सत्तारुढ दलहरु नेपाली काँग्रेस, नेकपा एमाले र मधेसी मोर्चाबीच प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बिहीबार अपरान्हको बैठकले आगामी पहिलो ब्यबस्थापीका संसद बैठकमा संबिधान संसोधन बिधेयक टेबल गर्ने निर्णय भएको छ ।

रामसपाका महासचिब केशव झाका अनुसार आगामी बस्ने पहिलो बैठकमा नै सरकारद्वारा प्रस्ताब गरिएको संबिधान संसोधन बिधेयकका बिषयमा छलफल हुनेछ ।

बिहीबार नै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गरेर नै संसदमा उक्त बिधेयक पास हुन नदिने बताएका छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उक्त बिधेयक कुनेपनि हालतमा संसदबाट पास गराउने यसमा एमालेलाई समेत मनाउने जनाउदै आएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल र देउवा सरकार बनेदे िनै सबै रावजनीतिक मुद्धाहरुमा एकताबद्ध छन् ।
अस्ति सभामुख ओनसरी घर्तीले संसदमा झडप हुने आसंकामा २४ गतेसम्मका लागि स्थगीत गरेकी थिईन् ।
यसरी नै दलहबीचमा बढिरहेको दुरी कम नगरी संसद बैठक बस्ने सम्भाबना नरहेको अनुमान राजनीतिक बृतमा लगाईएको छ । आजको बालुवाटार बैठकको निर्णय र प्रमुख प्रतिपक्षी दल नेकपा एमलेका अध्यक्षको पत्रकार सम्मेलनलाई हेर्ने हो भने पनि कडा रुपमा प्रश्तुत भईरहेको नेकपा एमाले र सरकारबीचको द्वन्द्वका कारण संबिधान संसोधन बिधेयकमा छलफल हुने त के बैठक बस्ने संभाबना नै देखिदैन ।