राजनीति

परराष्ट्रमन्त्री कतार जाँदै

प्रकाश शरण महत

काठमाडौं । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत मंगलबार कतार भ्रमणमा जाने भएका छन् । कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमन अल थानीको औपचारिक निमन्त्रणामा त्यसतर्फ जाने तय भएको महतमा प्रेस संयोजक एकराज पाठकले बताए । महतले बुधबार कतारका विदेशमन्त्रीसँग भेटवार्ता गर्नेछन् ।

शनिबारको अन्नपूर्ण पोष्टमा लेखिएको छ, भ्रमणमा विशेषगरी कतारमा कार्यरत नेपाली कामदारले भोगेको समस्या र कतार नेपाल द्विपक्षीय सम्बन्धका आर्थिक र सामाजिक पक्षबारे छलफल हुने भएको छ ।
हाल कतारमा ४ लाख नेपाली कामदार छन् । मन्त्री महतले नेपाली समुदायसँग पनि भेट्ने कार्यक्रम रहेको छ ।