समाचार

उपत्यकामा चोरी र लुटपाटमा संलग्न खतरनाक लुटेरा पक्राउ

काठमाण्डौ । उपत्यकाभित्र भएका शृंखलाबद्ध लुटपाटका घटनामा संलग्न भएको आरोपमा रामेछाप दोरम्बाका टीका थापा मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाले मगरलाई दक्षिण ढोकाबाट नियन्त्रणमा लिएको हो। बिहीबारको अन्नपूर्ण पोष्टले लेखेको छ, पछिल्लो पटक गत वर्ष असार ७ गते चोरी तथा डकैती गरेको आरोपमा पक्राउ परी २६ लाख रुपैयाँ धरौटी तिरेर जेलबाट छुटेका थापा मगर पुनः लुटपाटमा संलग्न रहेको महाशाखाले जनाएको छ।

उपत्यकामा भएका १५ वटा लुटपाटका घटनामा उनी संलग्न रहेको प्रहरीको दाबी छ । महाशाखाले थापा मगरलाई पक्राउ गरेपछि उनको कोठा परीक्षण गर्दा ३ लाख नगदसमेत बरामद गरेको छ।