राजनीति

निर्वाचन गर्न सकिएनभने संविधान कार्यान्वयन हुन सक्दैन – नेम्वाङ्ग

सुर्यखबर सम्बाददता,
काठमाडौं। पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ्घले प्रमुख दलबिचको मनमुटावले संविधान कार्यान्वयनमा जटिलता उत्पन्नभएको बताएका छन् ।
‘संविधानजारी गर्ने बेला जसरी प्रमुख दलहरु जसरी मिले, कार्यान्वयनमा पनि त्यसरी नै एक जुट हुनैपर्छ’ राजधानीमा आयोजित एक कार्यक्रममा पूर्वसभामुख नेवाङ्घले भने– दल आपसमा नमिल्ने हो भने, आउँदो माघ ७ भित्रमा ३ वटै निर्वाचन गर्न सकिएनभने संविधान कार्यान्वयन हुन सक्दैन ।’

एमाले नेता नेम्वाङ्घले संविधानले जनतालाई सबैअधिकार दिएको प्रष्ट्याएका छन् । ‘संविधानले अधिकार दिने हो, बुद्धि, विवेक र क्षमता दिदैन’ कार्यक्रममा उनले भने–‘बुद्धि, विवेक र क्षमताआफैले विकास गर्नुपर्छ । हामी कसरी मर्यादितबन्ने कुरा संविधानले दिदैन, मर्यादित आफै हुने हो ।’
नेता नेम्वाङ्घले लोकतन्त्रलाई संस्थागतगर्न संचारमाध्यमको भूमिका बढी हुने धारणा व्यक्त गरे । ‘विगतका आन्दोलन सफल हुन पनि सञ्चारमाध्यमको भूमिका उल्लेखीय छ’ उनले बताए– हाम्रा आवाज विश्व भर पु¥याउन सञ्चारमाध्यमकै भूमिका छ ।’

कार्यक्रममा काठमाडौं–३ का साँसद रामेश्वर फुयाँलले संघीयता पहिचाहन र सामथ्र्य हेरेर बनाउनु पर्ने बताए । ‘५ विकास क्षेत्रलाईलाई नै संघीयता मान्दा सबै भन्दाउत्तम हुन्छ’ फुयाँलले भने ।

साँसदफुयाँलले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानकहिल्यै बिर्सन नसकिने बताए । ‘राष्ट्रिय एकतादिवसमा सरकारले यस पाली त बिदादिएन, तर अर्को साल जसरी पनि पृथ्वीजयन्ती मनाइन्छ ।’

मओवादी केन्द्रका पोलिटव्यूरो सदस्यप्रकाश रोकायले एनजिओ र आइएनजिओले देश बिगारेको आरोप लगाएका थिए । ‘कर्णालीमा एनजिओलाई प्रतिबन्धलगाउनु पर्छ’ रोकायाको धारण सुनाए ।

कार्यक्रममा कलाकार मदन घिमिरे, संजय खतिवडा, पुष्कर रेग्मी, यज्ञबहादुर थापा, दीपक थापा लगायतका वक्ताले आफ्नो धारणा राखेका थिए ।