मनोरञ्जन

कलाकार दिपकराज गिरी र दीपाश्री निरौलालाई लाग्यो ठूलै झड्का, युरोपबाट एक्कासि फर्किदै !

काठमाण्डौ । नेपाली चलचित्र क्षेत्रमा पछिल्ला दिन निकै सुपरहिट भएको फिल्म छक्का–पञ्जा युट्युबमा रिलिज भएको छ । सो फिल्म भर्खरै अचानक युट्युबमा रिलिज भएको हो । यद्यपि, चलचित्र निर्माणकर्ताहरुले भने आफ्नो चलचित्र पाइरेसीको चपेटामा परेको जानकारी दिएका छन् । एक्कासि फिल्म बाहिर आएपछि त्यसका निर्माणकर्ता दिपकराज गिरी र दीपाश्री निरौलालाई ठूलै झड्का लागेको छ । बाहिर रिलिज नहुँदै एक्कासि सो फिल्म युट्युबमार्फत रिलिज भएको छ ।

युट्युवमा पूरा फिल्म आएसँगै अब विभिन्न देशका शोहरु रोकिएका छन् । फिल्म लिएर युरोप उडेका दिपक र दिपा भ्रमण छोट्याएर छिट्टै नेपाल फर्किंदै छन् । गत भदौ २४ गते प्रदर्शनमा आएको यो फिल्म पाइरेसीको मारमा परेको दिपकराज गिरीले जनाएका छन् । उनले सो काम गर्नेहरुमाथि कानुनी कार्वाही हुनुपर्ने समेत बताएका छन् ।

उनले नेपाल आएर पाइरेसी गर्नेलाई कानुनी कारबाही गरिने चेतावनी समेत आफ्नो फेसबुक अकाउन्टमा स्टाटस्मार्फत दिएका छन् । दिपाश्री निरौलाद्धारा निर्देशित १६ करोड ग्रस कलेक्सन गर्न सफल उक्त चलचित्रले अझै धेरै आर्थिक उपार्जन गर्न सक्ने अनुमान गरिएको थियो । पाइरेसीको मारमा परेपछि अब सो अनुमान फेल खाने निश्चितजस्तै भएको छ । चलचित्र पाइरेसी गरेको आशंकामा प्रहरीले केही व्यक्तिलाई पक्राउ समेत गरिसकेको जनाएको छ ।

पाइरेसी गरेको आरोप लागेका नवलपरासीका एक युवाले आत्महत्या समेत गरेका छन्, नवलपरासीका कृष्ण सुवेदीले आत्महत्या गरेका हुन् । तर आत्महत्या गर्ने युवकले फिल्म पाइरेसीनै गरे भनेर कुनै पुष्टि भएको छैन । प्रहरीले सुवेदीले फिल्म पाइरेसी गरेको नपाइएको जनाएको छ ।

अब सो फिल्म सबैले युट्युबमा हेर्न त सक्छन् तर फिल्म निर्माण गर्ने दिपक र दीपाश्रीले युट्युब लिंक कसैलाई शेयर नगर्न अनुरोध गरेका छन् ।