समाचार

राजेन्द्रले श्रीमतीलाई जिउँदै आगो लगाए !

नेपालगन्ज – सामान्य घर झगडामा एक युवकले श्रीमतीलाई जिउँदै आगो लागाइदिएका छन् । नेपालगन्ज १२ खट्कनपुरुवाका २६ बर्षीय राजेन्द्र खटिकले श्रीमती अमिसा खटिकलाई मट्टितेल खन्याएर आगो लगाएका हुन् ।

भारतको गोरखपुर देबरीया माइती भएकी अमिसाको अवस्था निकै गम्भीर छ । उनको अहिले भेरी अन्चल अस्पतालमा उपचार भइरहेको छ ।
२२ बर्षीय अमिसाको पुरै शरीर जलेको छ । प्रहरीका अनुसार उनको छाती, मुख, हात, घाँटी र गुप्तांगसमेत जलेको छ । चिकित्सकका अनुसार उनको शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेको छ ।

उपचारमा संलग्न चिकित्सक दुर्गानन्द अधिकारीका अनुसार अमिसाको उपचार यहाँ सम्भव छैन, तर उनलाई उपचारका लागि बाहिर लैजाने कोही आफन्त छैनन् ।

शनिबारको अन्नपूर्णले लेखेको छ, बिहीबार राती घर झगडा भउपछिराजेन्द्रले बलिरहेको टुकीको मट्टीतेल खन्याएर श्रीमतीको शरीरमा आगो लगाउका थिए । श्रीमतीलाई आगो लगाएपछि राजेन्द्र फरार छन् ।