समाचार

दाङमा माटोको ढिस्कोले पुरिएर एक किशोरको मत्यु

१० साउन, दाङ । दाङको राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक हेमबहादुर खत्रीका अनुसार राजपुर गाउँपालिका– २ पीपलडाँडाका १३ वर्षीय दिपेश चौधरीको मृत्यु भएको हो ।

बेलास्थित दुर्गा सामुदायिक वनमा शनिबार माटो लिन गएका उनी ढिस्कोमा पुरिएका थिए । निजलाई उद्धार गरी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।