राजनीति

नेपा पार्टीका सांसद कार्बाहीमा परेको भोलिपल्टै भयो यस्तो रहस्योद्घाटन

काठमाडौं । नेपा राष्ट्रिय पार्टीका एकमात्र सांसद लक्ष्मण राजवंशीले पार्टीले कारवाही गर्नुभन्दा अगावै सुटुक्क आफ्नो अलग्गै पार्टी दर्ता गराउनुभएको रहस्योद्घाटन भएको छ ।

शनिबारको नेपाल समाचारपत्रमा लेखिएको छ, पार्टीको नीतिविरुद्ध संविधान संसोधन बिधेयकविरुद्धको नेकपा एमालेको गठबन्धनमा सहभागी भएको भन्दै गत बुधबार सो पार्टीले निष्कासन गरेपछि सांसद राजवंशीले नयाँ दल दर्ता गरेको सार्वजनिक गरेका हुन् ।

‘पार्टीको केन्द्रिय कमिटीले निष्काशन गरिएको पत्र निर्वाचन आयोगमा बुझाएपछि सभासद्को पद के हुने भन्ने विषयमा छलफल चलिरहेको थियो । यसक्रममा सभासद् राजवंशी स्वयंले अलग्गै पार्टी दर्ता गराउनुभएको थाहा पाएं ।’ नेपा राष्ट्रिय पार्टीका महासचिव विजय सैंजुले भने ।
राजवंशीले पुस ४ गते निर्वाचन आयोगमा दर्ता गराउनुभएको दलको नाम बौद्धिक जनतान्त्रिक परिषद् प्रस्ताव गरिएको छ ।