समाचार

अब थोत्रा गाडी नचलाउनुस् है, सरकारले सुरु गर्यो यस्तो तयारी

काठमाडौं । वातारण प्रदुषण र सडक दुर्घटनाका प्रमुख कारक बनेका २० बर्ष पुराना गाडी फागुन १८ पछि काठमाडौं उपत्यकामा चलाउन पूर्णत प्रतिबन्ध लगाईने भएको छ । त्यस्ता गाडी सडकमा निकाले सरकारले जफत गर्ने भएको छ छ । यातायात व्यवस्था विभागले व्यवसायीले अटेर गरी त्यस्ता गाडी चलाए जफतसहित कारबाही गर्नेछ ।

सोमबारको नागरिकमा लेखिएको छ, विभागमा महानिर्देशक चन्द्रमान श्रेष्ठका अनुसार काठमाडौंमा गुड्दै आएका २० बर्ष पुराना कालो नम्बर प्लेट (भाडा) का बस, मिनीबस, माइक्रोबस, ट्रक, ट्याक्सी र टेम्पो फागुन १८ पछि सडकमा ल्याउन पाइने छैन ।
यो निर्णय पूर्ण रुपमा कार्यान्वयन गर्न विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखाको संयुक्त टोलीले अनुगमन गर्नेछ ।