समाचार

काम पूरा नहुँदै सकिन लाग्यो आयोगको म्याद

काठमाडौं । द्वन्दकालमा बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगको दुई बर्षे म्याद काम पूरा नहुदै सकिन लागेको छ । आयोगको म्याद यही माघ २६ गतेसम्म मात्रै छ ।

आयोगका पदाधिकारीले ऐन कानुन निर्माणमा ढिलाइका समयमा काम नसकिएको प्रतिक्रिया दिएका छन् । मंगलबारको कान्तिपुरमा लेखिएको छ, आयोग गठन त भयो । तर नियमावली बनाउनै सरकारले ८ महिना लगायो सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्षसूर्यकिरण गुरुङले भने, समयमा काम सुरु नगर्दा ढिलाइ हुन गयो ।

सशस्त्र द्वन्दकालका घटनामा विस्तृत छानबिन गरी दोषीलाई कानुनी कारबाहीको लागि मुद्दा चाउन सिफरीस गर्नुपर्ने अख्तियारी पाए पनि आयोगमा उजुरी ग्रहण गर्नेबाहेक ठोस काम देखिएका छैनन् ।