पु.समाचार

स्वास्थ्यमन्त्री गगन थापाको नजर जब नेता नरहरि आचार्यमाथि पर्यो…!

काठमाण्डौ । नेपाली कांग्रेसका लोकप्रिय नेता नरहरि आचार्य लामो समयको उपचारपछि औपचारिक कार्यक्रममा देखिन थालेका छन् । एक वर्षभन्दा बढी अस्वस्थ भई उपचाररत आचार्य पछिल्ला दिन स्वस्थ भएर औपचारिक कार्यक्रमहरु समेत देखिन थालेका हुन् ।  केही दिनअघि शहिद गंगालाल ह्रदयरोग केन्द्र अस्पतालको वार्षिकोत्सवमा नेता आचार्यले आफ्नो मन्तव्य समेत दिन भ्याए । स्वास्थ्यमन्त्री गगन थापा समेत सहभागी सो कार्यक्रममा नेता आचार्य स्वस्थ भएर कार्यक्रममा उपस्थित भई मन्तव्य दिइरहँदा कार्यक्रममा सहभागी सबै निकै हर्षित समेत देखिन्थे ।

स्वास्थ्यमन्त्री थापाले त नेता आचार्य स्वस्थ भएर १ वर्षपछि औपचारिक कार्यक्रममा मन्तव्य दिन लाग्नुभएकोमा निकै हर्षविभोर भएको प्रतिक्रिया दिए । मन्त्री थापाले आफ्नो फेसबुक अकाउन्टमा समेत स्टाटस् लेखेर आचार्यमा आएको स्वास्थ्यलाभप्रति हर्षविभोर भएको प्रतिक्रिया दिए ।

मन्त्री थापाले फेसबुकमा नेता आचार्यको स्वास्थ्यलाभबाट हर्षविभोर भएको प्रतिक्रिया दिइँरहँदा सर्वसाधारणले समेत निकै खुसी व्यक्त गरेका छन् । सर्वसाधारणले नेता आचार्य मात्र होइन, कांग्रेसका अर्का लोकप्रिय नेता चक्र बाँस्तोला समेत वर्षौदेखि निकै गम्भीर अवस्थामा अस्वस्थ भई उपचाररत हुनुभएकोले उहाँको समेत शीर्घ स्वास्थ्य लाभको कामना गरेका छन् ।

मन्त्री थापाले नेता आचार्यको स्वास्थ्यलाभप्रति खुसी र हर्षविभोर भएर लेखेका छन् यस्तो स्टाटस्: