राजनीति

बरिष्ठ नेता पौडेलले बिमानस्थलबाट भने ‘मोर्चासंग सहमती नगरी निर्बाचनमा जानु अमान्य’

जानकी क्षेत्री

काठमाण्डौ । मधेशी मोर्चाको सहमती बिना निर्वाचनको धोषणा गर्ने प्रधानमन्त्री पुष्पकमल दहालको अभिव्यक्ति निर्वाचनका लागी आफैमा बाधा पुरयाउने अभिव्यक्ति भएको काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् । प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले निर्वाचनलाई ओझेलमा पारेको उनको आरोप छ ।

नेता पौडेलले तीनै तहको निर्वाचन मंसीरसम्म गराउनका लागि जेठ भित्र स्थानिय तहको निर्वाचन गरिसक्नु पर्ने भन्दै सरकारले निर्वाचनलाई पहिलो प्राथमिकतामा राखी माघ २५ गते भित्र निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएका छन् ।

प्रतिपक्षी दल एमाले र मधेशवादी दलहरुले संविधान संशोधन प्रताव र निर्वाचनका बारेमा राखेको धारणा गलत भएको समेत नेता पौडेलले बिदेश भ्रमणबाट फर्किंदा त्रिभूबन अन्तरांष्ट्रिय बिमानस्थलमा पत्रकारहरुसंगको कुराकानीमा स्पष्ट पारेका छन् ।

सोमबार दिउसो नेता पौडेल दक्षीण कोरियाको भ्रमण गरेर फर्किने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले मार्चासंग झगडा गरेर निर्बाचनको वातावरण बिगारेको आरोप लगाएका हुन् ।