समाचार

पुष्पकमल दाहाल सरकारसंगको समर्थन फिर्ता लिने राजेन्द्र महतोको चेतावनी

जानकी क्षेत्रीकाठमाण्डौ । सरकारले संबिधान संसोधन अगाडि नै चुनावको मिति घोषणा गरेमा सरकारलाई दिएको समर्थन फिर्ता लिई आन्दोलनमा जाने सद्भावना पार्टीका नेता राजेन्द्र महतोले बताएका छन् ।

अबका दिनमा संविधान संशोधनका लागि ढिलासुस्ती नगरी परिमार्जन सहित संशोधन पास हुनुपर्ने उनको धारणा छ । यदि संशोधनमा ढिलासुस्ती गरेर मधेसी मोर्चाको सहमति विना चुनावको धोषणा भएमा सरकारसँग पूर्णरुपमा सम्बन्ध विच्छेद गर्ने चेतावनी समेत दिएका छन् ।

संविधान संशोधन गरी जनताको अधिकार स्थापित गर्नमा एमालेले ठूलो धोका दिएको आरोप लगाउँदै नेता महतोले उक्त धोकाको मुल्याङ्कन जनतालेनै गर्ने बताएका छन्, साथै उनले मधेसमा एमाले मुक्त क्षेत्र घोषणा गर्ने तयारी भईरहेको जानकारी समेत दिए ।

अन्तरीम संविधानको पालना गर्नमा देशका प्रमुख दलहरुनै पछी परेका कारण चुनावको नाममा लोकलन्त्रको खोक्रो आदर्श नछाँट्न नेता महतोले दलहरुलाई आग्रह गरेका छन् ।

मधेशी मोर्चाका नेता समेत रहेका नेता महतोले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन कुनैपनि हालतमा मान्य नहुने बताउँदै यस्तै अस्थीरता रहीरहे नुवाकोटको जस्तो आन्दोलन ७५ वटै जिल्लामा देशै भरी सुरु हुने बताएका छन् । र नुवाकोटमा चलेको गोली भन्दा पनि ज्यादै भयानक आन्दोलन हुने समेत जनाएका छन् ।