समाचार

बुधबारदेखि नयाँ अनलाइन न्युज पोर्टलको शुभारम्भ

काठमाडौं । नेपाली डिजिटल दुनियाँमा नयाँ न्युज पोर्टल छलफल डट कमको औपचारिक सुरुवात भएको छ । बुधबार साँझ एक कार्यक्रमबीच सूचना तथा सञ्चारमन्त्री राम कार्कीले छलफल डट कम उद्घाटन गरेका हुन् ।

वसन्त पञ्चमीको अवसर पारेर थालनी गरिएको अनलाइन न्युज पोर्टलको सफलताको कामना गर्दै सञ्चारमन्त्री कार्कीले नेपाली सञ्चार जगतमा छुट्टै किसिमको पहिचान राख्न सफल हुने विश्वास समेत व्यक्त गरेका छन् ।

सत्य, तथ्य र विश्वसनीय समाचार सम्प्रेषण गर्ने लक्ष्यका साथ यस अनलाइन न्युज पोर्टल सुरु गरिएको नलेज मिडिया प्रालिका प्रबन्ध निर्देशक कुमार थपलियाले जानकारी दिएका छन् ।