सुर्यखबर सम्बाददाता,
बिराटनगर । नेपाली काँग्रेसका माहामन्त्री डा. शशांक कोईरालाले मधेसी मोर्चाको सहमतिबिना पनि स्थानीय निकायको निर्बाचन हुने बताएका छन् । शुक्रबार बिराटनगर बिमान्स्थलमा पत्रकारहरुसंग कुरा गर्दै उनले उक्त कुरा बताएका हुन् ।
अब कुनैपनि शक्तीले स्थानीय निकायको निर्बाचन रोक्न नसक्ने ठोकुवा गर्दै निर्बाचनका लागि अधिकतम् सहमतीको प्रयास गर्ने तर सहमति हुन नसके मुख्य दलहरुको सहमतिमा स्थानीय निकायको निर्बाचन गर्ने दाबी डा. कोईरालाले गरेका छन् ।
सरकारको नेतृत्व गरिरहेको माओबादी केन्द्र निर्बाचन नगरेर सत्ता लम्ब्याउन उद्यत रहेको आशंका ब्यक्त गर्दै बरु प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निबर्नाचनको कुरा गरिरहेको जनाउदै मोर्चाले द्वेध चरित्र देखाएके डा. कोईरालाको आरोप छ ।
डा. कोईरालाको भनाईले नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले निर्बाचनका लागि देखाएको उत्शुक्तालाई एकतिर मलजल पुर्याएको छ भने अर्कोतिर प्रमुख प्रतिपक्षी दल एमाले समेतले निर्बाचनमा जोड दिईरहेको हुनाले स्थानीय निकायको निर्बाचन जेठ १० भित्र गर्न लागेको सरकारको तयारीलाई सहज पुर्याउने अनुमान राजनीतिक बृतमा गर्न थालिएको छ ।
डा. कोईरालाको भनाईबाट काँग्रेस स्थानीय निकायको निर्बाचनका लागि अगाडि बढेको देख्न सकिन्छ ।