पु.समाचार

लोकमानसिंह कार्कीलाई लाग्ने भयो अब यो अभियोग

काठमाडौं – सर्वोच्च अदालतको फैसलाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोको प्रमुख आयुक्तबाट पदमुक्त लोकमान सिंह कार्की अकुत सम्पत्ति आर्जन मुद्दामा छानबिनका लागि तानिने भएका छन् ।

संसदको महाअभियोग सिफारिस समितिअन्तर्गतको उपसमितिले कार्कीमाथि अकुत सम्पत्ति आर्जनमा छानबिन हुनुपर्ने प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

सोमबारको नागरिकमा लेखिएको छ, कार्कीविरुद्ध महाअभियोग लाग्ने वा नलाग्ने बिषयमा राय दिन अध्ययन अनुसन्धान गर्न समितिले गठन गरेको उपसमितिले प्रमुख आयुक्त हुदा उनले पदको दुरुपयोग गरी सम्पत्ति आर्जन गरेको देखिएकाले छानबिनको दायरामा ल्याउन सुझाव दिन लागेको हो ।