पु.समाचार

कथाजस्तो तर सत्य घटना, प्रेमपीडितको एसिड आक्रमणमा प्रेमीकाको मृत्यु

प्रेमपीडित

सुर्यखबर सम्बाददाता,
काठमाण्डौ । प्रेममा मान्छे पागल हुन्छ भन्ने सबैले सुनेको , र देखेको कुरा हो । करीब १ बर्षदेखि चल्दै आएको सुनिल कोईराला र तुलसा सापकोटाबीचको प्रेम सम्बन्धमा खट्पट हुँदा सुनिलले आफ्नै प्रेमीका तुलसाको ज्यान लिएका छन् ।

२७ बर्षीया तुलसा सापकोटा र २८ बर्षीया सुनिल कोईरालाबीचमा चलेको प्रेम सम्बन्धमा केहिदिनदेखि खट्पट भएको र अन्त्यमा तुलसाले सुनिललाई छाडेर अर्कैसंग बिबाह गर्ने भन्ने कुरा सुनिलले बुझेपछि खट्पट शुरु भएको सुनिलले प्रहरीलाई बताएका छन् ।

धादिङ नौबिसेका सुनिल र गैंडाकोट नबलपरासीकी तुलसाबीचमा बिबाह गर्ने बिषयमा कुरा नमिलेपछि सुनिल(प्रेमी)ले तुलसा(प्रेमीका)लाई सोमबार राती एसिड प्रहार गरेका थिए । उक्त एसिड प्रहारबाट घाईते भएकी प्रेमीकाको उपचार गर्न काठमाण्डौ ल्याउदै गर्दा मृत्यु भएको छ ।

लुम्बिनी अञ्चल अस्पताल बुटबलमा उपचारका लागि लगिएकी तुलसालाई उक्त अस्पतालले स्थानीय यूनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा रिफर गर्यो, त्यहाँंपनि उनको उपचार सम्भब नभएपछि काठ्माण्डौ रिफर गर्यो र काठमाण्डौ ल्याउँदा ल्याउँदै तुलसाको मृत्यु भयो । मृतक तुलसाको टाउको, अनुहार र शरीरमा एसिडले पूर्णतः असर गरेको छ ।

एसिड हानेको प्रेममा पागल भएका सुनिल कोईरालालाई गिरफ्तार पछि सापकोटाकी सानीआमा देबी खरेललाई समेत घटनाको दोषीको आशंकामा प्रक्राउ गरेको बुटबलका डीएसपी मुकुन्द मरासिनीले बताएका छन् ।