पु.समाचार

काँग्रेस शुभेच्छुक संस्था साँस्कृतिक संघमा निर्बाचित टिमलाई बधाई छ !

साँस्कृतिक संघ

सुर्यखबर सम्बाददाता,
काठमाडौँ । केहिदिनदेखि प्रतिनिधि बिबादका कारण सम्पन्न हुन नसकेको नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल साँस्कृतिक संघमा पुनः तीर्थबहादुर थापालाई अध्यक्षमा निर्बाचित भएका छन् ।

प्रतिनिधि बिबादका कारण निर्बाचन हुन नसकेपछि अध्यक्षमा स्थापनाकालदेखिका अध्यक्ष तीर्थ बहादुर थापालाई अध्यक्ष, बरिष्ठ उपाध्यक्षमा जनार्दन आचार्य, माहामन्त्रीमा दुर्गा रायमाझी, शिबशंकर रिजाल(जोगिन्दर), रोशनी केसी चयन भएको निर्देशक समितिले बताएको छ ।

पोखरामा सम्पन्न नेपाली कांग्रेसको महत्वपूर्ण भातृसंस्था तरुण दलको अधिभेसन हुन नसक्दा दुईमहिना अगाडि पनि यसैगरी ४ जना पदाधिकारी चयन गरिएको थियो । पदाधिकारी बाहेकका सदस्यहरु अझैपनि पार्टी नेतृत्वले टुंगो लगाउन सकेको छैन ।

सांस्कृतिक संघमा समेत पार्टीले प्रतिनिधि बिबाद टुंग्याउन नसक्दा सहमतिमा पदाधिकारीहरु चयन गरेको छ । निर्बाचन नगरेको भनेर काँग्रेसका नेताहरुबाट बिरोध भईरहेपनि निर्देशक समिति र पार्टी नेतृत्वबीचको छलफलपछि सहमतिमा उक्त निर्णय भएको देखिएको छ ।

बिधानतः ८० जना सदस्य अझै मनोनीत गर्न बाँकि छ । जे होस नबनिर्बाचित टिमले सांस्कृतिक बिभागमा सह्रानीय काम गरोस बधाई छ ।