राजनीति

गृहमन्त्री निधी सभापति देउवासंग झुके, आईजिपीमा अब जयबहादुर चन्द पक्का

बिमलेन्द्र निधी

सुर्यखबर सम्बाददाता,
काठमाण्डौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बिच्केपछि अन्तमा नेपाली काँग्रेसका तर्फबाट सरकारको नेतृत्व गरेका उपप्रधान एबम् गृहमन्त्री बिमलेन्द्र निधीले डीआइजिपी जयबहादुर चन्दलाई आइजिपीमा सिफरिस गर्न गृहसचिब लोकदर्शन रेग्मीलाई अह्राएका छन् ।

बुधबार गृहमन्त्रीबाट राजिनामा माग्ने मात्र नभएर सरकारलाई काँग्रेसले दिएको समर्थन फिर्ता गर्ने सम्मको लेभलमा पुगेका काँग्रेस सभापति शेरबहादुर देउवासंग गृहमन्त्री निधी झुकेका छन् ।

खरो स्वभाबका काँग्रेस सभापति देउवासंग दाँजेर गृहमन्त्री निधीलाई पनि खरो नै बनाईएको थियो तर गृहमन्त्रीले आफ्नो सभापति देउवासंगको लामो सहकार्य टुटाउन नचाहेर पूर्ब अडान त्यागेको गृहमन्त्री सचिवालय स्रोतको दाबी छ । गृहमन्त्री निधीलाई कसैले उचालेर सभापति देउवासंग झगडा लगाएको हुनसक्ने अनुमान काँग्रेसबृतमा छ ।

गृहमन्त्री डीआईजिपी नवराज शिलवाललाई आइजिपी बनाउने अडानमा थिए, निधीको अडानलाई माओबादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको साथ थियो । त्यसो त सभापति देउवाले प्रधानमन्त्री दाहाललाई जयबहादुर चन्द बाहेकको डीआईजिलाई आईजिपी बनाउने प्रस्ताब गृहमन्त्रीले ल्याएमा त्यसलाई नस्वीकार्न आग्रह गरेका थिए । सभापति देउवाले अन्य डीआईजिलाई आईजिपी स्वीकारे काँग्रेसले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने धम्की दिएपछि प्रधानमन्त्री ब्याक भएको बुझिएको छ ।

गृहमन्त्रीलाई त सभापति देउवाले केहि दिन अगाडिमात्र डीआईजि चन्दलाई आइजिपी बनाउन दबाब दिएका, निधीले अनकन गरेपछि राजिनामा दिन भनेको समाचार आईरहेको थियो । जे होस गृहमन्त्री निधीले सभापति देउवाको आदेश पालन गरेर काँग्रेसभित्र आफ्नो राजनीतिक स्थानलाई पुनः सूरक्षीत गरेका छन् । बिहीबारको मन्त्रीपरिषद बैठकमा नै आईजिपीको टुंगो लगाउने भनिएपनि नभ्याईएका कारण उक्त निर्णय हुन सकेन । अबको बैठकमा गृहमन्त्री बिमलेन्द्र निधीले काँग्रेसको भागमा परेको जनपदको आईजिपीमा डिआईजिपी जयबहादुर जन्दको प्रस्ताब गर्नेछन् ।